किसानको ‘किसान ग्यालेरी’ मा ‘संयोजन’ सुरु, ४३ वटा तस्वीरहरु समावेश

गैंडाकोट, ३ फागुन । किसान बचत तथा ऋण सहकारी संस्था लि. को रजत वर्षको अवसरमा किसान साकोसले संचालन गर्न लागेको ‘किसान ग्यालेरी’ तथा ‘संयोजन’ शिर्षकमा सामुहिक चित्रकला प्रदर्शनीको संयुक्तरुपमा उद्घाटन भएको छ । गैंडाकोट नगरपालिका वडा नं ४ मा रहेको सहज सेवा केन्द्र परिसरमा स्थापना गरिएको ‘किसान ग्यालेरी’ र किसान ग्यालरीमा आयोजित सामुहिक चित्रकला प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के. के. कर्माचार्यले मंगलबार एक समारोहका बीच उदघाटन गर्नुभएको हो । उद्घाटन समारोहमा आफ्ना भनाईहरु राख्दै कुलपति के. के. कर्माचार्यले गैंडाकोट आफैमा कलाप्रति अनुरागी भएकोले यहाँका स्थानियले कलाका प्रति प्रेम देखाउनु भएको अनुभव आफुले गरेको बताउनुभयो ।

उहाँले यहाँका स्थानिय कलाकार जुझारू र सक्रिय भएर लागेको आफुले पाएँकोमा त्यसप्रति आफुलाई खुसी लागेको बताउनुभयो । ग्यालरीको विकास भएन भने कलाको विकास हुँदैन भन्दै कूलपति कर्माचार्यले त्यसकारण ग्यालरीको ठूलो महत्व हुने र किसान बचत तथा ऋण सहकारी संस्थाले यहाँका कलाकारहरुलाई जगेर्ना गर्ने उद्देश्यउले किसान ग्यालरी स्थापना गरेकोमा संस्थाको उदार मन देखेर आफनो मन पनि प्रसन्न भएको अनुभव सुनाउनु भयो ।
कुलपति कर्माचार्यले गैंडाकोटमा विभिन्न प्रकारका कलाहरु सिर्जना गर्ने फर्महरू रहेछन भन्दै यो देखेर धेरै गर्व लागेको बताउनु भयो ।

‘किसान ग्यालेरी’ प्रदर्शन गर्न, सभा गर्न, मिटिङ तथा बैठक प्रयोजनका लागि संचालन गरिएको किसान साकोसका अध्यक्ष श्रीहरि चालिसेले बताउनुभयो । उहाँले ‘किसान ग्यालेरी’ मा भईरहेको सामुहिक चित्रकला प्रदर्शनी आगामी नौ दिनसम्म चल्ने जानकारी समेत दिनुभयो । सो प्रदर्शनीमा गैंडाकोट, चितवन र तनुहँ सहित २० जना राष्ट्रिय कलाकारहरुका ४३ वटा किर्तीहरु प्रदर्शनीमा राखिएका छन ।उद्घाटन समारोहमा गैंडाकोट नगरपालिकाका सहकारी प्रमुख देवेन्द्र गौतम, जिल्ला सहकारी संघका अध्यक्ष केशव प्रसाद सापकोटा र नेपाल ललित कला प्रतिष्ठान, मूर्तिकला बिभागका प्रमुख लालकाजी लामा लगायतले आफ्ना भनाईहरु राख्नुभएको थियो ।

उदघाटन समारोहमा भित्ते तस्वीर सिर्जना गर्ने प्राय सबै कलाकारहरुको सहभागिता रहेको थियो । संस्थाका सचिव अनिल सापकोटाले संचालन गर्नुभएको कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार संयोजक माधवप्रसाद गौतम, संस्थाका पूर्व अध्यक्ष एवं राष्ट्रिय सहकारी बैंक कावासोती शाखाका संयोजक तिलक पराजुली र निवर्तमान अध्यक्ष गोपालप्रसाद गौतम लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको