
बैतडी, ५ फागुन ।
भागरथीभट्टको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले गाउँकै एक छिमेकी किशोरलाई पक्राउ गरेको छ । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका–७, चडेपानीलमकट्टे बस्ने किशोर दिनेश भट्ट रहेका छन् । मङ्गलबार राति १० बजे घरबाटै पक्राउ परेका किशोरलाई जिल्ला प्रहरी कार्यालय ल्याईएको छ । किशोरलाई आजै सार्वजनिक गरिने प्रहरीले जानकारी दिएको छ । प्रहरी स्रोतका अनुसार ती किशोरले विद्यालयबाट घर फर्कदा भागरथीको बलात्कार र हत्या गरेको स्विकारी सकेका छन् ।
हत्या र बलात्कार प्रकरणमा समातिएका किशोर भागरथी अध्ययनरत सनतान धर्म माविकै विद्यार्थी हुन् । पारिवारिक रिसईबीका कारण भागरथीको हत्या गरेको ती युवाले प्रहरी समक्ष बयान दिएका छन् । पक्राउ परेका किशोरको गतिविधि शंकास्पद रहेको भागरथीका आफन्त शिवराज भट्टले बताउनुभयो ।
शिवराजले भन्नुभयो, “ सँगै पढ्ने अन्य विद्यार्थीले जसरी भागरथीका बारेमा खुलेर बताएका थिए, पक्राउ परेका दिनेशले घुमाएर कुरा गर्न थालेको थियो । शंकास्पद गतिविधि थियो । भागरथी भन्दा कान्छो हो ।कक्षा ११ मा पढ्ने केटो हो । म अहिले जिल्ला प्रहरी कार्यालय पुगेको छु । बाँकी प्रहरीले विस्तृत कुरा सार्वजनिक गर्ने छ ।”
दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्ट गत माघ २१ गते विद्यालयबाट घर फर्कदा हराएकी थिईन् । भागरथीको शब भोलि पल्ट माघ २२ गते खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लडालेक जंगलमा फेला परेको थियो
बुधबार, फागुन ०५, २०७७ प्रकाशीत