
गैँडाकोट, ८ फागुन । मनकामना आमा समूहको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । गैँडाकोट नगरपालिका वडा नं. २ मा रहेको मनकामना आमा समुहको कार्यालय परिसरमा समुहको साधारण सभा शनिबार सम्पन्न भएको हो । समूहको की अध्यक्ष सावित्रा काफ्लेको अध्यक्षतामा भएको साधारण सभाका प्रमुख अथिति गैँडाकोट नगरपालिका वडा. नं. २ का वडा अध्यक्ष ध्रुवराम पौडेल रहनुभएको थियो ।
साधारण सभालाई सम्बोधन गदै प्रमुख अथिति ध्रुवराम पौडेलले आमा समुहसहित सबैको योगदानले कार्यालय प्ररिसरमा स्थापना गरिएको मन्दिर सफल भए पनि यसमा अझै धेरैकाम गर्न बाँकी रहेकाले आगामी दिनहरुमा वडा कार्यालयहरुको समेत सहयोग रहने बताउनुभयो । उहाँले गैंडाकोट नगरको वडा नं १ देखि ५ सम्म झण्डै ४० वटा मन्दिरहरु भएपनि प्रभावकारी रुपमा स्थापित भएको मन्दिरहरु भने कमै मात्र रहेको र सत्सङ्ग र नित्य लगावका कारण आज यो मन्दिर प्रभावकारी मन्दिरहरुमा परेको बताउनुभयो । पौडेलले धर्मप्रति आस्था त सबैको हुन्छ भन्दै तर जीवन के हो भनेर बुझने विज्ञान मन्दिर पनि भएको बताउदै ईमान्दारी पूणर् सक्रयताका कारण मनकामना आमा समुह नगरकै उत्कृष्ट समुहमा पर्ने तर्क समेत गर्नु भयो ।
कार्यक्रमलाई सम्बोधन गदै आमा समुहकी अध्यक्ष सावित्रा काफ्लेले संस्थाको विकासमा लागि आपूmहरु तनमन लगाएर लागि परेको र कोभिड १९ जस्तो बिषम परिस्थितिमा समेत संस्थाको विकासमा निरन्तर खटेर काम गरेको स्मरण गर्दै आफ्नो कार्यकालमा संस्थाको विकासकोलागि सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।
यसैगरी मनकामाना आमा समुहको आर्थिक वर्ष २०७६/२०७७ को प्रतिवेदन समुहकी सचिव विष्णु अर्यालले प्रस्तुत गर्नुभएको थियो ।
मनकामाना आमा समुहको कोषध्यक्षको प्रतिवेदन समुहकी कोषाध्यक्ष सरला पन्तले गर्नुभएको थियो ।
साधारण सभामा स्वागत मन्तव्य समुहकी अध्यक्ष भागिरथी सुवेदीले गर्नुभएको थियो ।
कार्यक्रममा शुभकामाना मन्तव्य व्यक्त गर्नेहरुमा वरिष्ठ प्रहरी निरीक्षक नलप्रसाद उपाध्याय, उद्योग वाणिज्य संघ गैंडाकोटका अध्यक्ष अमृत भट्टचन, छाहारी टोल विकास संस्थाका उपाध्यक्ष सूर्य प्रसाद घिमिरे, भागवान् वाचन चतुर्भुज पौडेल, छाहारी टोल विकास संस्थाका अध्यक्ष ऋषि राम घिमिरे, संस्थापक अध्यक्ष गिता ढकाल, स्याङ्जा किचनास सम्पर्क मंचका खेमराज शर्मा र राधा कुष्ण मन्दिरको संयोजक खगराज आचार्यले रहनुभएको थियो ।
साधारण सभाको सहजीकरण संस्थाकी सचिव विष्णु अर्यालले गर्नुभएको थियो । समुहको तेस्रो महादिवेशनले नयाँ समितिको चयन गरेको छ ।
जसको अध्यक्षमा भागीरथी सुवेदी, उपाध्यक्षमा विष्णु अर्याल, सचिवमा सरला पन्त र कोषाअध्यक्षमा वसुन्धरा न्यौपाने सहित १३ सदस्यहरु रहेका छन । संस्थाका लेखा संयोजक टिका भुषाल सहित ५ जना सदस्यहरु रहेका छन ।