चार वडाको सिंचाइको लागि साढे पाँच करोडमा नहर बन्दै

नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका ४ वटा वडालाई सिंचाइ हुने गरी मध्यविन्दु नगरपालिकामा सिंचाइ नहर निर्माण सुरू भएको छ । मध्यविन्दु नगरपालिका–७, चोरमारामा करिब साढे पाँच करोडको लगानीमा सिंचाइ बाँध तथा पक्की कुलो निर्माण सुरू भएको हो ।

मध्यविन्दु नगरपालिकाका वडा नं–५, ६, ७ र ८ नम्बर वडामा करिब ३ सय १५ बिघा जमिन सिंचाइ हुने गरी नहर निर्माण सुरू गरिएको हरियाली कृषक सिंचाइ तथा जलउपभोक्ता समितिका पानी व्यवस्थापन उपसमितिका अध्यक्ष जीवलाल भुसालले बताए ।

गण्डकी प्रदेश सरकारको सहयोगमा ५ करोड ५० लाख को लागतमा बाँध तथा कुलो निर्माण भइरहेको जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय नवलपुरका प्राविधिक तोयानाथ आचार्यले बताए । ८ करोड ८० लाखको अनुमानित लागतसहित टेन्डर आह्वान गरिएको भए पनि ५ करोड ५० लाखमा टेन्डर स्वीकृत भई निर्माण सुरू भएको आचार्यले बताए ।
आयोजनाको अहिले २५ देखि ३० प्रतिशत काम सकिएको छ । निर्माणाधीन बाँध तथा नहर आर्थिक वर्ष ०७८÷०७९ मा भित्र निर्माण सम्पन्न हुने गरी काम भइरहेको प्राविधिक आचार्यले जानकारी दिए ।

आयोजनाअन्तर्गत अहिले सिंचाइको व्यवस्थापनका लागि गिरूवारी खोलामा ६० मिटर लम्बाइ र ३५ मिटरको चौडाइको बाँध निर्माणको काम भइरहेको छ भने तीन सय ८० मिटर पक्की नहर निर्माणको कार्य जारी छ । तीन सय ८० मिटर पक्की नहरमध्ये अहिलेसम्म दुई सय ९० मिटर नहर निर्माण भइसकेको भुसालले जानकारी दिए ।

शुक्रबार, फागुन १४, २०७७ प्रकाशीत

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको