लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

चितवन । माडीको एक घरमा अचानक लाइटर पड्कदा आगलागी भएको छ । माडी नगरपालिमा–७ देवेन्द्रपुरस्थित शिवालय मन्दिर अगाडिको घरमा आइतबार आगलागी हुँदा जलेर नष्ट भएको हो ।

स्थानीय टोकप्रसाद गौडेलको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । घरमा राखेको लाइटर अचानक पड्केर आगलागी भएको उनले बताए । गौडेलको ढुङ्गा माटोले निर्माण गरिएको टिनले छाएको दुईतले घरमा आगलागी भएको हो ।

आगलागीबाट मानवीय क्षति भएको छैन । एउटा बाख्रा जलेर मरेको थापाले जानकारी दिनुभयो । आगलागीबाट खाद्यान्न, लत्ताकपडा नष्ट हुँदा करिब १० लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

माडी नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको छ । गर्मी मौसमको सुरुआत भएसँगै आगलागीका घटना बढ्ने भन्दै प्रज्वलनशील वस्तुको प्रयोगमा सर्तकता अपनाउन माडी नगरपालिकाले नगरवासीमा अनुरोध गरेको छ । रासस

सोमबार, फागुन १७, २०७७ प्रकाशीत

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको