बिश्वका सबै मुलुकहरुमा राजनीतिबाटै मुलुकको बिकास, निकास र समृद्धि भएको छ । हुनु पनि पर्छ । धेरै देशहरुमा लोकतान्त्रिक प्रणाली छ । दलिय प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल गरेर नेतृत्वमा पुग्ने र जनताका आवश्यकताहरुलाई पुर्ति गर्ने पद्दती हो लोकतन्त्र । भने केहि देशहरुमा राजतन्त्रात्मक प्रणाली पनि पनि छ । पछिल्लो राजनीतिक विश्वचित्रलाई नियाल्ने हो भने सबैभन्दा क्रुर मानिने उत्तर कोरियाका सुप्रीमो किम जोङ उन हुन । उनले पनि आफ्नो देशको सार्बभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वधिनताकै निम्ति यति क्रुर भएको प्रमाणित गर्ने प्रयासहरु गरेका छन् । तर यहाँ हामी नेपालको राजनीतिमा लोकतन्त्रको अवधारणाबारे एकजना नेपाली पात्रका बारेमा चर्चा गर्ने प्रयास गर्ने छौं ।
नेपालको सन्दर्भमा केहि राजनीति पार्टीको स्थापना पछि बदलिएको स्वरुप बिश्वका अन्य मुलुक भन्दा भिन्नै देखिएको छ । नेपाली राजनीतिका ति पात्र हुन्-जनयुद्धका कमाण्डर । भारतीय बिस्तारवाद र अमेरिकी साम्राज्यवादको विरुद्धमा नेपालमा सुरुङ्ग खन्न लगाउने तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीका सुप्रीम कमान्डर, जो छेपारोले रंग फेरे जसरी फेरिदै-फेरिदै तात्कालिन नेपाल कम्युनिस्ट पार्टी (एमाले) सँग एकता गर्न पुग्छन् । बृहत शान्ति सम्झौतादेखि यहाँसम्म आईपुग्दा लोकतान्त्रिक देशको उनि प्रधानमन्त्री भए पनि । र त्यपछि उनका अन्य प्राय धेरैजसो सहयोद्धा साथिहरुले उनलाई छोडेर गएको वृतान्तहरु लिपिबद्ध गर्ने हो भने एउटा हजारौं पृष्ठको पुस्तक नै बन्छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यशैली के कस्तो छ भन्ने कुरा दुर दराजका बुढापाकाहरुदेखि १३ बर्षको नाबालिक सहितलाई प्रष्ट छ ।
गरेर साध्यै नलाग्ने ति यावत बिषयहरुमा अहिले हामी चर्चा गर्दैनौं । तर पछिल्लो समयमा उनले एउटा धारणा सार्वजनिक गरेकाछन्, – दक्षिणको ‘छिमेकीलाई कम्फर्ट बनाईदिने सरकार’ को आवश्यकता महशुस गरेर । उनले दिएको यो अभिव्यक्तिले फेरि एउटा जटिल र उनको अन्तस्करणको भाव ओकलेर नेपाली लोकतान्त्रिक राजनीतिमा भयावह प्रश्न उब्जाएको छ । उनले नेपालमा राजनीति गरेको दक्षिणी छिमेकीलाई खुसी पार्न कै निम्ति हो त ? यो गम्भीर प्रश्न हो । यहाँले थालेको त्यो सुरुङ्ग युद्धमा हजारौं सोझा साझा गाउँका दाजुभाई तथा दिदी बहिनीहरुले त्यो सुरुङ्ग युद्धमा साहदत् प्राप्त गरे ।
हजारौं अपांग भए, हजारौं अनाथ भए, हजारौं हजारौंको परेवाको जस्तो जोडी छुट्टिएर एकल जीवन विताउन विवश भए । कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यु ! तपाई अहिले नेपाल कम्युनिस्ट पार्टी नेकपाको एउटा समुहको नेतृत्व गरेर अर्का अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मा ओलीले गरेको संसद बिघठन विरुद्ध सडकमा प्रतिगमन मुर्दावाद भनेर नारा लगाउनु भयो । अव त्यो नाराको औचित्य भारत कम्फटेबल रहेको प्रमाणित भएको छ । नेपाली राजनीतिको इतिहासलाई फर्केर हेर्दा यो देशको प्रधानमन्त्री भैसकेको तपाईलाई नेपाली जनताले कुन-कुन नामको संघ्या दिने ? तपाईले सधै भन्ने गरेको पुजीवादी दलाल नोकर शाही भन्ने शब्द तपाई आफैतिर फर्क्यो कि ? एउटा टेलिभिजनमा तपाईंले दिएको त्यो अन्तरवार्ताबाट तपाई भारतको एउटा कम्फटेबल नेपाली दलाल भएको भनेर चिन्न सजिलो पारिदिनु भयो । यति भैसकेपछि अब पुनः सडकमा आएर तपाईले राजनीतिक नाटक मंचन नगर्नु होला । तपाईलाई अव सबै जनताले चिनिसकेका छन ।
मङ्गलबार, फागुन १८, २०७७ प्रकाशीत