चितवन, १८ फागुन । चितवनमा मंगलबार विहान माइक्रो बसले कार र मोटरसाइकललाई ठक्कर दिँदा ९ जना घाइते भएका छन् ।
विहान ११ बजेको समयमा भरतपुर महानगरपालिका–१, भतेरी जंगलस्थितमा मुग्लिनबाट भरतपुरतर्फ आउदै गरेको बा२ख ७९६७ नम्बरको माईक्रोले विपरीत दिशाबाट जादै गरेको बा२च २८२४ नम्बरको कार र ना१७प ४०१२ नम्बरको मोटरसाइकल, ना२७प ७०८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।
दुर्घटनामा ना१७प ४०१२ नम्बरको मोटरसाइकल चालक भरतपुर–२५ बस्ने वर्ष २५ का सुमन गुरुङ (मध्यम), सोही मोटरसाइकलको पछाडी सवार माडी नगरपालिका–८ बस्ने बर्ष ४२ को धुर्व पौडेल (मध्यम), कार चालक धादिङ ज्वालामुखी गाउँपालिका–१ बस्ने वर्ष ३६ का हरीप्रसाद तिवारी (मध्यम), कारमा सवार निजकी श्रीमती वर्ष २८ की श्रृजना तिवारी (मध्यम), निजका छोरा वर्ष ९ का हर्षित तिवारी (सामान्य), निजकी छोरी वर्ष ३ की हार्षिका तिवारी (सामान्य) घाइते भएका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै ना२७प ७०८९ नम्बरको मोटरसाइकल चालक भरतपुर–२९ कविलास बस्ने वर्ष ५२ को सुकमान तामाङ (सामान्य), माईक्रोमा सवार पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ बस्ने वर्ष २३ का संदिप कुमार साह (सामान्य), बारा महागढीमाई नगरपालिका–११ बस्ने वर्ष ३७ का मनोज कुमार साह सोनार (सामान्य) को चितवन मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मङ्गलबार, फागुन १८, २०७७ प्रकाशीत