गैंडाकोट, २१ फागुन । गैंडाकोट नगरपालिका वडा नम्बर ४ मा रहेको कोटेश्वर महादेव मन्दिर शिवालय सेवा समितिको १५ औं साधारण सभा समन्न भएको छ । मन्दिर परिसरमा शुक्रवार भएको १५ औं साधारण सभा समितिका अध्यक्ष हरिकृष्ण रिमालको अध्यक्षतामा भएको थियो । साधारण सभा कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष कृष्णप्रसाद न्यौपाने प्रमुख अतिथि रहनु भएको थियो । कायक्रम मा आफ्ना भनाइहरू राख्दै प्रमुख अतिथि तथा वडा अध्यक्ष न्यौपानेले वैद्धिक सनातन धर्ममा विभिन्न जातजाती तथा सम्प्रदायहरुलाई यदि नसमेटने हो भने धर्म प्रति समुदायको वितिष्णा पैदा भई अन्ततः सवैको हित हुने बैदिक धर्म नगन्य व्यक्तिहरुमा मात्र सिमित हुने भन्दै चिन्ता ब्यक्त गर्नुभयो ।
समितिका अध्यक्ष हरिकृष्ण रिमालले अहिले मन्दिरको विकास हुनुमा सबै सदस्यहरुको निरन्तर सहयोग रहेको बताउँदै गोपेश्वर मन्दिरले आफुहरुले उपभोग गर्दे आएको सम्पतीमा दाबी गरि मुद्दा दायर गरेकोले सवैको सहयोगबाट मुद्धा पनि जितिने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागिहरुलाई समितिका उपाध्यक्ष शोभा सुवेदी घिमिरेले मन्तव्य मार्फत स्वागत गर्नुभएको थियो ।
१५ औ साधारण सभामा समितिका सचिव कृष्णप्रसाद पराजुलिले आर्थिक वर्ष २०७६ /७७ को सचिवको प्रतिवेद प्रस्तुत गर्नुभएको थियो ।
यसैगरि कोषाध्यक्षको प्रतिवेदन समितिका कोषाध्यक्ष वामदेव घिमिरेले प्रस्तुत गर्नुभएको थियो ।
१५ औं साधारण सभा कार्यक्रममा शुभकामना मन्तव्य वक्त गर्नेहरूमा आजीवन सदस्यहरुका तर्फवाट मुना साकोसका अध्यक्ष रविन्द्रराज घिमिरे, महिला संजाल वडा नं. ४ की अध्यक्ष शान्ता भुजेल, समाजसेवी कमला तिवारी, कार्यपालिका सदस्य संगीता घिमिरे, गैंडाकोट पम्पिङ्ग खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष शोभाखर रिमाल, समितिका सल्लाहकार तथा पूर्व अध्यक्ष नारायणप्रसाद पण्डित, समाजसेवी एवं सल्लाहकार ईश्वरनाथ रिमाल र सल्लाहकार टोलनाथ घिमिरे लगायतका रहनुभएको थियो ।
कार्यक्रमको संचालन कृष्णप्रसाद पराजुलीले गर्नुभएको थियो । १५ औं साधारण सभा कार्यक्रममा सर्वसाधारण्हरु सहित विभिन्न स्थानिय संघसंस्थामा आवद्ध पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो ।
शुक्रबार, फागुन २१, २०७७ प्रकाशीत