
खोटाङ — कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले अब बन्ने सरकारको प्रमुख काम निर्वाचन गराउने भएको बताएका छन् । प्रेस युनियनले हलेसीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले अब आउने सरकारले अर्ली या मध्यावधि जे भनेपनि निर्वाचन गराउने नै मुख्य काम भएको बताएका हुन् ।
सर्वोच्चको निर्णयले एमाले–माओवादी छुट्याइ दिएको र त्यसपछि राजनीतिक अवस्था झनै बिग्रेर गएको कोइरालाले बताए । ‘सर्वोच्चको निर्णयपछि मुलुक झनै अनिर्णयको बन्दी बनेको छ, ’ उनले भने, ‘संसद् चल्न सकेको छैन, यसले अवस्था झनै डामाडोल भयो ।’ उनले निर्वाचन गराउन कांग्रेस सरकारमा जाने बताए ।
अब बन्ने मिलिजुली सरकारले बहुमतको जस्तो काम गर्न नसक्ने भएकाले निर्वाचन मात्र गराउने कोइरालाको भनाइ थियो । विप्लव र रेशम चौधरी दुवै गलत गतिविधिमा संलग्न रहे पनि सत्तासाझेदारीको उद्देश्यले विप्लवलाई छुटकारा दिएको र चौधरीलाई पनि छोड्ने प्रयत्न भइरहेको कोइरालाले सुनाए ।
आउने कांग्रेसको १४ औं महाधिवेशनमा आफूले सभापतिको उम्मेदवारी दिने समेत कोइरालाले सुनाए । ‘सभापतिका लागि उम्मेदवारी दिने सोच बनाएको छु । त्यसका लागि साथीहरुसंग सल्लाह गरिरहेको छु, ’
आइतबार, चैत ०१, २०७७ प्रकाशीत