
काठमाडौं, ४ चैत। दोहोरो नागरिकता बनाएर दुरुपयोग गर्ने एकजना व्यक्ति पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका-४ सुकेधारा जाल्पादेवी मार्ग बस्ने बागलुङ गलकोट नगरपालिका-२ का ३७ वर्षीय कमल सुनारलाई केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले नियन्त्रणमा लिएको हो ।
थापाले बागलुङबाट एउट मितिमा दुई फरक-फरक नामबाट दुईवटा नागरिकता लिएको र काठमाडौंबाट समेत अर्को नागरिकता लिई दुरुपयोग गरेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सुनारले बागलुङबाट कमल सुनार र कमल थापा, काठमाडौंबाट कमल सुनुवार नामबाट नागरिकता लिएको पाइएको छ ।
प्रहरीले उनको साथबाट नागरिकता कमल सुनार र कमल सुनुवार नामका दुईवटा नागरिकताको सक्कल प्रति र एउटा राहदानी पनि बरामद गरेको छ ।
सुनारले यी नागरिकता पेस गरेर विभिन्न सरकारी कार्यालयबाट सेवासमेत लिइसकेको पाइएको प्रहरीले जनाएको छ । उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको सीआईबीले जनाएको छ ।
बुधबार, चैत ०४, २०७७ प्रकाशीत