भरतपुर महानगरले ६० प्रतिशतले बढायो फोहोर उठाए बापतको शुल्क

चितवन, ४ चैत। भरतपुर महानगरको फोहोर व्यवस्थापनको लागि नयाँ ठेक्का सम्झौता गरिएको छ । नयाँ ठेक्का सम्झौतासँगै महानगरले फोहोर उठाए बापत स्थानीयबाट उठाउने शुल्क पनि बढाएको छ । यसअघिको भन्दा ६० प्रतिशतले शुल्कमा वृद्धि गरिएको भरतपुर महानगरका वातावरण शाखाका वरिष्ठ इन्जिनियर विराट घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार महानगरले तीन वटा क्षेत्र छुट्याएर फोहोर व्यवस्थापन गर्दै आएको छ । वडा नम्बर १ देखि ५ लाई शहरी क्षेत्र एक (तल्लो क्षेत्र), वडा नम्बर ७ देखि १२ लाई शहरी क्षेत्र दुई (माथिल्लो क्षेत्र) र अन्य १८ वटा वडालाई ग्रामीण क्षेत्र छुट्याएको छ ।(पूरा समाचारको लागी क्लिक गर्नुहोस् ।)

बुधबार, चैत ०४, २०७७ प्रकाशीत

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको