नेकपाका साइबार स्यालहरु एमाले हुँदापनि अझै बाँचेका रहेछनः माधवकुमार नेपाल

चितवन, ४ चैत । नेकपा (एमाले) का बरिष्ठ नेता माधवकुमार नेपालले नेकपाका साइबर स्यालहरु एमाले पार्टी हुँदापनि ज्युँदै रहेको आरोप लगाएका छन । आज झलनाथ-माधव समूहले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । ‘साइबर स्यालदेखि होसियार, गलत सूचना संप्रेषण गर्न सक्नेछन्। कुनै पनि किसिमको अलमलमा पर्नुपर्ने छैन,’ उनले भने।

उनले पार्टी विग्रहको जिम्मेवार अध्यक्ष केपी शर्मा ओली भएको बताए । ‘उहाँ नै सबै कामको, वितण्डा, पार्टीभित्र विग्रहको निम्ति उहाँ नै जिम्मेवार हुनुहुन्छ,’ नेपालले भने।
तथ्य र प्रमाण चाहिन्छ भने एक भारी तथ्य र प्रमाण रहेको नेता नेपालले बताए।

बुधबार, चैत ०४, २०७७ प्रकाशीत

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको