‘हरिद्वार जान्छु’ भनेर हिँडेका नरेश मृत भेटिए

बैतडीमा एक पुरूष मृत फेला परेका छन्।

तीन दिनदेखि बेपत्ता दोगडाकेदार गाउँपालिका-८, कालागाउँका ४२ वर्षीय नरेश विष्ट मृत फेला परेको प्रहरीले जनाएको छ।

विष्ट बिहीबार सुर्नया गाउँपालिका-६, स्थित सुर्नया खोलाको किनारमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

उनी चैत २ गते ‘हरिद्वार जान्छु’ भनी घरबाट हिँडेका थिए। घटनाको प्रकृति हेर्दा भिरबाट लडेको जस्तो देखिएको डिएसपी अधिकारीले बताए।

उनका अनुसार मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बिहिबार, चैत ०५, २०७७ प्रकाशीत

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको