भरतपुर । चितवनमा पछिल्लो तीन दिनमा कोरोनाका १२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार आज (शुक्रबार)सम्म कोरोनाका सक्रिय संक्रमित ३६ जना रहेका छन् ।
तीन दिन अघि २४ जना संक्रमित थिए । हिजो ३० जना सक्रिय संक्रमित रहेको चितवनमा एकैदिनमा ६ जना नयाँ संक्रमित थपिएका छन् । भरतपुर महानगरपालिकामा मात्रै १० जना नयाँ संक्रमित थपिएका छन् ।
हाल रहेका ३६ जना सक्रिय संक्रमितमध्ये भरतपुर महानरपालिकाका ३१ जना, खैरहनी नगरपालिकाका दुई जना र कालिका र माडीका एक÷एक जना रहेको स्वास्थ्य कार्यालयकी सूचना अधिकारी गिताञ्जली ढकालले बताइन् ।
सक्रिय संक्रमितहरु ३१ जना होम आइसोलेसनमा बसेका छन् भने ५ जना अस्पतालको आइसोलेसनमा रहेको उनले बताइन् । अस्पतालको आइसोलेसनमा बस्ने विरामीहरु सबै भरतपुर महानगरका मात्रै छन् ।
हालसम्म जिल्लाका ६ हजार ९१२ जनामा कोरोना पुष्टि भएको छ भने ११० संक्रमितको मृत्यु भइसकेको छ ।
शुक्रबार, चैत १३, २०७७ प्रकाशीत