एमालेमै बसेर संघर्ष गर्ने नेपाल समूहको निर्णय

काठमाडौं, १३ चैत । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीमै बसेर संघर्ष गर्ने निर्णय गरेको छ । पार्टी नेतृत्वले चार नेतालाई सोधेको स्पष्टीकरण र त्यसको जवाफलाई लिएर कतिपयले एमाले फुटतर्फ उन्मुख भएको आशंका गरेका बेला नेवाल समूहले पार्टीभित्रै बसेर संघर्ष गर्ने निर्णय गरेको छ । त्यसअनुसार शुक्रबार बोलाइएको संसदीय दलको बैठकमा सांसदहरु जाने स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए ।

कलंकीस्थित एक पार्टी प्यालेसमा भएको उपलब्ध केन्द्रीय सदस्य र सांसदहरुको बैठकपछि नेता पन्तले भने, ‘नेकपा एमालेभित्र बसेर पार्टीलाई पार्टीलाई बलियो, गतिशील बनाउन र विधि पद्धितीमा चलाउन पार्टीभित्रै रहेर संघर्ष गर्ने नीतिअनुसार संसदीय दलमा भाग लिएर आफ्ना कुराहरु राख्ने निर्णय गरेका छौं ।’

शुक्रबार, चैत १३, २०७७ प्रकाशीत

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको