चितवन,२० चैत । नेकपा एमालेको नेपाल – खनाल पक्षले संगठन सुदृढीकरणसम्बन्धी एकीकृत दस्तावेज तयार गर्ने भएको छ । यसका लागि नेपाल – खनाल पक्षका समुहले स्थायी समिति सदस्यहरुको बैठक बोलाएको छ। उक्त बैठक कलंकीस्थित मेघा पार्टी प्यालेसमा बस्ने सो पक्षका नेताहरुले बताएका छन् ।
बैठकले संगठन सुदृढीकरणसम्बन्धी एकीकृत कार्ययोजना बनाउने बताइएको छ । ति नेताका अनुसार गत चैत ४ र ५ गते सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलामा पारित कार्यपत्रलाई आवश्यक संशोधन गर्दै दस्तावेजका रुपमा तल्ला कमिटीसम्म वितरण गर्ने योजना छ ।
‘अब हामी दस्तावेजसहित तल्लो तहका नेता कार्यकर्तासमक्ष जाँदैछौ । त्यसका लागि आवश्यक दस्तावेज चाहिने भएकाले अहिलेसम्म पार्टीमा भएका र ओलीले गरेका गलत कामहरुको फेहरिस्त जनता र कार्यकर्ताले बुझ्नेगरी दस्तावेजीकरण गर्नेछौँ,’ एक नेताले भने, ‘ओलीको अधिनायकवादी चरित्रलाई उदाङ्गो बनाउन जरुरी छ ।
शुक्रबार, चैत २०, २०७७ प्रकाशीत