बाल यौन दुरूपयोगको आरोपमा ६ महिना कैद र १० हजार जरिवाना

भरतपुर । १० र १२ वर्षीया बालिकालाई यौन दुरूपयोग गरेको आरोपमा जिल्ला अदालत चितवनले ६ महिना कैद र १० हजार जरिवाना हुने फैसला गरेको छ । न्यायाधीश केशव अधिकारीको इजलासले चैत १८ गते उक्त फैसला गरेको हो । पीडितको तर्फबाट असोज २९ गते जिल्ला प्रहरी कार्यालय चितवनमा बाल यौन दुरूपयोगअन्तर्गत उजुरी परेको थियो ।

घटना असोज २८ गते राति भएको हो । भरतपुर महानगरपालिका–१, पोखरा बसपार्कमा होटल सञ्चालन गरी बसेका ४० वर्षीय रोशन प्रधानमाथि बाल यौन दुरूपयोगको आरोप थियो । असोज २८ गते राति वडा प्रहरी कार्यालय नारायणगढले पक्राउ गरेको हो । शाब्दिकरुपमा र शारीरिकरुपमा पनि दुव्र्यवहार गरेको अभिभावकको भनाइ छ ।

शुक्रबार, चैत २०, २०७७ प्रकाशीत

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको