चितवन, २० चैत । अष्ट्रेलिया पठाईदिन्छु भनि ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर नगरपालिका ८ का २३ वर्षीय अमित भुजेल रहेका छन् ।
भुजेललाई हिजो (बिहीवार) प्रहरीले पक्राउ गरेको हो । भुजेलले सर्ट टर्म ४५७ भिषामा २-२ वर्ष कामको लागि १०५ दिन भित्रमा पूरै प्रकृया गरी अष्ट्रेलिया पठाईदिने भन्दै रकम असुलेका थिए । उनले प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्छ भनि २ जनाबाट ९ लाख रुपैयाँ लिई ठगी गरेको भन्ने पीडितबाट प्राप्त जाहेरीको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका १६ माछापोखरीबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
शुक्रबार, चैत २०, २०७७ प्रकाशीत