नेपाल समूहले भन्यो : नेताहरुमाथिको कारबाही स्वेच्छाचारी चरित्रको द्योतक

काठमाडौं, २० चैत। नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले थप दुई नेतामाथि भएको कारबाहीको भत्र्सना गरेको छ । शुक्रबार दिउँसो कलंकीस्थित एक पार्टी प्यालेसमा बसिरहेको नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको बैठकले उपमहासचिव घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेमाथि भएको कारबाहीको विरोध गरेको छ । ‘यो केपी शर्मा ओलीजीको अरुमाथि तानाशाही लाद्ने, निरंकुश, स्वेच्छाचारी चरित्रको द्योतक हो भनेका छौं र यसको निन्दा गरेको छौं’ नेता भीम रावलले भने ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार उपमहासचिव घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेलाई पार्टी सदस्यबाट ६ महिनासम्म निलम्बन गर्ने निर्णय गरेका थिए । यसअघि उनले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पनि यही कारबाही गरेका थिए ।

नेताहरुमाथि भएको कारबाहीले पार्टीको विधान मिच्नुका साथै कम्युनिष्ट आन्दोलनलई नै लज्जित बनाएको रावलले बताए । बैटकबाट बाहिरिएका नेता रावलले अघि भने, ‘नेकपा एमालेको रक्षाका लागि हामीले जुन पाइला चालेका छौं, त्यसलाई अझ गतिशीलताका साथ अगाडि बढाउँछौं ।’

बैठक अहिले पनि जारी छ ।

शुक्रबार, चैत २०, २०७७ प्रकाशीत

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको