बृहत् विराट क्षेत्रको काम दुई वर्षसम्म अघि बढ्न नसकेको मुख्यन्त्री राईको स्वीकारोक्ति

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले १८ वटा स्थानीय तहलाई बृहत् विराट क्षेत्रमा समेटिए पनि दुई वर्षसम्म काम अघि बढाउन नसकिएको स्वीकार गर्नुभएको छ ।

बृहत् विराट क्षेत्रलाई व्यवस्थित र योजनाबद्ध रूपमा विकास गर्न अध्ययन भइरहेकाले अध्ययनपछि काम अघि बढ्ने बताउनुभयो । विगतमा योजनाबद्ध रूपमा सहरको विकास नगर्दा समस्या भएको उहाँको भनाइ छ ।

बृहत् विराट क्षेत्रमा १८ वटा पालिकालाई पूर्वाधार आवास लगायत क्षेत्रमा योजना निर्माण गरिने लक्ष्य लिइएको छ । मोरङ र सुनसरीलाई समेटेर प्रदेश १ सरकारले अघि सारेको वृहत विराट क्षेत्रको अवधारणा अन्योलमा पर्न दिन नहुने स्थानीयको माग छ । उनले योजनालाई तुहिन नदिन खबरदारी गरेका छन् ।

प्रदेश १ को राजधानी घोषणा गर्दा प्रदेश सरकारले १८ वटा स्थानीय तहलाई समेटेर बृहत् विराट क्षेत्र घोषणा गरेको थियो । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले भने समिति गठन भएको बारे आफूलाई जानकारी नभएको बताउनुभयो ।

शनिबार, चैत २१, २०७७ प्रकाशीत

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको