
भरतपुर । नेपाल पत्रकार महासंघ चितवनको चैत २५ गते हुने चुनावका लागि आइतबार उमेदवारी मनोनयन दर्ता भएको छ । ४३ पदका लागि ८८ जनाको उमेदवारी परेको छ । यसपटकको निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने भएको छ । प्रेस चौतारीको गठबन्धनबाट तिलकराम रिमाल, प्रेस युनियनको गठबन्धनबाट नारायणप्रसाद अधिकारी र स्वतन्त्र प्यानलबाट सूर्यप्रकाश कँडेल अध्यक्ष पदमा प्रतिस्पर्धी रहने भएका छन् ।
प्रेस चौतारी नेपाल, मिडिया नेपाल र जनपत्रकार संगठनको तर्फबाट अध्यक्षमा तिलकराम रिमालको उमेदवारी परेको छ । प्रेस युनियन, प्रेस संगठन र प्रेस चौतारी (माधव नेपाल समूह)बाट अध्यक्षमा नारायणप्रसाद अधिकारी र स्वतन्त्र पत्रकारहरुको तर्फबाट अध्यक्षमा सूर्यप्रकाश कँडेलको उमेदवारी परेको छ । सबै उमेदवारीविरूद्ध आज सोमबार दाबी विरोध र उजुरी गर्ने समय तोकिएको छ ।
उपाध्यक्ष पदमा अधिकारी प्यानलबाट प्रकाशमणि ज्ञवाली, रिमाल प्यानलबाट रामकान्त पौडेल र कँडेल प्यानलबाट विनोदबाबु रिजालको उमेदवारी परेको निर्वाचन समितिका संयोजक जनक अर्यालले जानकारी दिए । महिला उपाध्यक्षतर्फ अधिकारी प्यानलबाट प्रमिता ढकाल र रिमाल प्यानलबाट शान्ता अधिकारी बी को उमेदवारी परेको छ ।
त्यस्तै, सचिवमा रिमाल प्यानलबाट दिपेन्द्र अधिकारी र अधिकारी प्यानलबाट अनिल ढकालको उमेदवारी परेको निर्वाचन समितिले जनाएको छ । समावेशी सहसचिवको उमेदवारमा रिमाल प्यानलका अमिर रामदाम र अधिकारी प्यानलका उर्गेन तामाङ छन् ।
सहसचिव खुलातर्फ भने ४ जनाको उमेदवारी परेको छ, जसमा रिमाल प्यानलका आनन्द पोखरेल, अधिकारी प्यानलबाट टीकादत्त तिमिल्सिना, स्वतन्त्रबाट राजु सापकोटा र प्रेस युनियनका सचिव प्रस्ताव सुवेदीले उमेदवारी दिएका छन् ।
कोषाध्यक्षमा गोविन्द घिमिरे, राजेन्द्र आचार्य र राजेश घिमिरेको उमेदवारी छ । उनीहरु क्रमशः रिमाल, अधिकारी र स्वतन्त्र प्यानलका हुन् ।
महिला सदस्यमा रविना पौडेल र शोभा पुडासैनी, दलित सदस्यमा एलिना पोखरेल र सरोज उपरकोटी, आदिवासी जनजातिमा तुलमान गुरूङ र सञ्जय चौधरी, मधेसी सदस्यमा ज्योति महतो र सरिता महतो साहको उमेदवारी परेको छ । खुला सदस्यमा अनिल भट्टराई, किशोर खनाल, तिलक पौडेल, बद्रिप्रसाद अर्याल, बबिलाल तामाङ, वसन्त शर्मा ढुङ्गाना, मुकुन्द भूषाल, रामु आचार्य, रोहिणीप्रसाद त्रिपाठी, विकास पौडेल, विप्लव काफ्ले, विवेक पोखरेल, समीक्षा पुरी, सरिता पौडेल, सुनिलकुमार श्रेष्ठ, सुवास लामिछाने, हरि पौडेल, हेमराज रिमाल र ज्ञानेन्द्र तामाङ रहेका छन् ।
त्यसैगरी समावेशी कोटामा चौतारी गठबन्धन प्यानलका भूपराज पाठकको मात्र उमेदवारी परेको छ । उनी दृष्टिविहीन हुन् । ब्रेल लिपीको माध्यमबाट समाचार वाचन गर्ने उनी माडी एफएममा कार्यरत छन् ।
केन्द्रीय परिषद् सदस्यमा दीपक आचार्य, नारायणप्रसाद सापकोटा, विनोद त्रिपाठी, वीरेन्द्रमणि पौडेल, शान्ता अधिकारी, सुरेशचन्द्र अधिकारीको उमेदवारी छ । केन्द्रीय परिषद् सदस्य समावेशीतर्फ इन्दिरा दाहाल, शारदा पौडेल, शिवजी गायक, सन्तकुमार चौधरी र राजु चौधरीको उमेदवारी छ ।
प्रदेश परिषद् सदस्यतर्फ उमेदवारी दिनेमा अर्जुन अधिकारी, अर्जुनप्रसाद शर्मा, आशिष अधिकारी, कृष्णप्रसाद खनाल, केशव भट्टराई, दीपक पोखरेल, नवराज ढकाल, नवीन नेपाल, नवीनबाबु मरहठ्ठा, प्रदीप घिमिरे, प्रविन बराल, मधुसूदन दवाडी, रमेश पौडेल, विचित्र पौडेल, सचिन भट्टराई र सन्तोष देवकोटा रहेका छन् ।
सोमबार, चैत २३, २०७७ प्रकाशीत