काठमाडौं–पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ)ले राजधानीमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप हुँदा एक विद्यार्थी घाइते भएका छन् ।
घण्टाघरस्थित त्रिचन्द्र क्याम्पस परिसरमा विद्यार्थीले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि केही समय अवस्था तनावग्रस्त बनेको थियो ।
प्रहरीको हस्तक्षेपबाट आफ्ना एक विद्यार्थी घाइते भएपछि उनीहरुले जमलदेखि रत्नपार्क जाने र पुतलीसडकदेखि घण्टाघर आउने बाटो अवरुद्ध गरेका छन् ।
हस्तक्षेपमा घाइते विद्यार्थीको परिचय खुलेको छैन ।
सोमबार, चैत २३, २०७७ प्रकाशीत