पारा ओलम्पिकमा पलेशाले जितिन् ऐतिहासिक कांस्य पदक

काठमाडौँ । फ्रान्समा जारी पारा ओलम्पिकमा नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले ऐतिहासिक कांस्य पदक जितेकी छन् । उनले पेरिसस्थित ग्रान्ड प्यालेसमा शुक्रबार राति के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहबाट कांस्य जितेकी हुन् ।

पलेशाले सर्बियाकी मरिजा मिचेभलाई १५–८ स्कोरले हराएर कांस्य पदक जितेकी हुन् । पलेशा नेपालका लागि ओलम्पिक्स र पारालिम्पिक्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन् । पलेशाले जितेको कास्य पदक नेपाली खेलकुदकै अहिलेसम्मकै सबैभन्दा ठूलो पदक हो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको