गैंडाकोट साकोसको सम्पति २ अर्ब १० करोड बढी

गैँडाकोट, भाद्र ३० । गैँडाकोटमा रहेको गण्डकी बचत तथा ऋण सहकारी लिमिटेडको कुल सम्पति २ अर्ब १० करोड नाघेको छ । गैंडाकोटमा  शनिवार भएको संस्थाको ३३ औँ वार्षिक साधरणसभामा आर्थिक आयव्यय सार्वजनिक गर्दै कोषाध्यक्ष शान्ति सापकोटाले संस्थाको कूल सम्पति २ अर्ब १० करोड ५८ लाख ९८ हजार ६२७ रुपैयाँ पुगेको जानकारी दिनुभयो ।

२०५० सालमा ५० रुपैयाँ बचतबाट सुरु भएको सहकारीको सेयर पूँजी नै १९ करोड ८९ लाख ६९ हजार पुगेको छ । अहिले कुल बचत १ अर्ब ५० करोड ६५ लाख ५४ हजार रहेको सापकोटाले जानकारी दिनुभयो । सहकारी संस्थाले १ अर्ब १५ करोड ६३ लाख ४ हजार रुपैयाँ लगानी गरेको छ । स्थिर सम्पती ५ करोड ७६ लाख ५८ हजार रुपैयाँ रहेको छ । यस सहकारी संस्थामा १६ हजार ५९७ जना सदस्य पुगेका छन् । अहिले ७ वटा शाखाबाट सेवा सञ्चालन भएको सहकारीले जानकारी दिएको छ । समय क्रमसंगै यस सहकारी संस्थाले गण्डकी स्मार्ट एप्ससमेत सञ्चालनमा ल्याएको छ । एप्स मार्फत विद्युत, खानेपानी, टोलिफोन, विभिन्न कम्पनीको इन्स्योरेन्स प्रिमियर भुक्तानी, बैंक खातामा रकम ट्रान्सफर लगायतका सुविधा रहेको छ ।

अहिले लगानी गर्ने वातावरण नहुँदा ऋणको माग घट्दै गएको यस संस्थाका सहसचिव केशवराज शर्माले जानकारी दिनुभयो । अहिले ऋण असुली नियमित भएका कारण ऋण घट्दै गएको बताउनुभयो । उहाँले सहकारी मार्फत सेयर सदस्यलाई सिकाई एवं क्षमता अभिबृद्धि तालिम, संस्थागत विकास तथा प्रबर्धन कार्यक्रम, स्वास्थ्य शिविर, ज्येष्ठ नागरिक सम्मान लगायतका कार्यक्रम गरिएको उहाँले बताउनुभयो । आगामी दिनमा संस्थागत सुरक्षा र जोखिम व्यवस्थापनको लागि आवश्यक यन्त्र उपकरणको व्यवस्था सहित संस्थाको कुल सम्पति २ अर्ब २० करोड पुर्याउने लक्ष्य सहकारीले राखेको छ ।

कार्यक्रममा गैंडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले सहकारी संस्थाले बजेट अपचलन गरेर भागिरहेको अवस्थामा गण्डकी सहकारीले धेरै राम्रो काम गरेको बताउनुभयो । उहाँले आगामी दिनमा सदस्यको माग अनुसार काम गर्न सुझाव समेत दिनुभएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको