असोज १७ बिहीबार। आजबाट हिन्दुहरुको महान चाँड बडादशैं सुरु हुँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने बडादशैंको पहिलो दिन आज ‘शैलपुत्री’ दुर्गाभवानीको पूजा गरी घटस्थापना गर्ने र जमरा राख्ने गरिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार, यस पटक घटस्थपना गर्ने साइत आज बिहान ९ बजेर १६ मिनेटमा रहेको छ । नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा या दसैंघरमा जमरा राखिन्छ । माटाको घट (कलश) स्थापना गरी जमरा राख्ने गरिन्छ ।
घटस्थापनाका दिन दुर्गापूजासँगै विभिन्न शक्ति पीठको दर्शन गर्ने चलन छ। यस्तै असोज २६ गते सनिवार टिकाको दिन परेको छ । टिका ग्रहणको शुभ साहित भने बिहान ११ बजेर ३६ मिनेट जाँदा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।