जन्मदिनका अवसरमा लायन्सले बाँड्यो विद्यार्थीलाई न्यानो कपडा

भरतपुर, असोज २० । लायन्स क्लब अफ चितवन वाङमयको आयोजनामा भरतपुर १३ उजेलीनगर स्थित राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स डिस्ट्रिक्ट ३२५ आर नेपालका डिस्ट्रिक्ट गवर्नर दिनानाथ न्यौपाने प्रमुख अतिथि रहेको कार्यक्रममा आफ्नो मन्तव्य राख्दै न्यौपानेले वाङमय क्लबले स्थापनाकालदेखि नै बिभिन्न सामाजिक क्रियाकलापहरू गरिरहेको र अहिले आफ्नै जन्मदिन पारेर क्लबकी सक्रिय सदस्य भावना तिमिल्सिनाले बालबालिकालाई जाडोको समयमा राहत होस भन्ने उदेश्यले न्यानो कपडा बितरण गरेकोमा धन्यवाद ज्ञापन गर्दै आफ्नो जन्मदिनको अवसरमा विभिन्न भोज पार्टी र फजुल खर्च गर्नुको साटो सामाजिक सेवामा आफ्नो खुसीको पलहरु रचनात्मक रूपमा खर्च गर्न सम्पूर्णलाई आग्रह गरे ।

निम्न आर्थिक अवस्था भएका अभिभावकका सन्तान अध्ययनरत बिद्यालयमा ९८ बिद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो लुगा ट्याक्सुट लगायतका समाग्री लायन्स क्लब अफ चितवन वाङमय पदाधिकारी भावना तिमिल्सिनाको जन्मदिनको अवसर पारी करिब १ लाख २० हजार रुपैयाँ बराबरको ट्याक्सुट हस्तातरण गरिएको लायन्स कल्व अफ चितवन वाङमयकी पूर्व अध्यक्ष तथा रिजन चेयर पर्सन हरिप्रिया रिजालले जानकारी दिइन् ।

वैदेशिक रोजगारको सिलसिलामा क्यानडा रहेकी क्लबकी सक्रिय सदस्य भावना तिमिल्सिनाको संयोजकत्वमा भएको कार्यक्रममा विशेष अतिथिका रूपमा सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर एमजेएफ लायन प्रभाखर पण्डित, विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामचन्द्र कण्डेल, डिस्ट्रिक्ट इजुकेटीब चिफ लायन रामजी पौडेल, कलस्टर ५ का चिफ एमजेएफ लायन गोविन्द अर्याल, जोन चेयर पर्सन एमजेएफ उमेश ढकाल, विद्यालय प्रधानाध्यापक रिता दवाडी, लगायत वाङमयका पूर्व अध्यक्ष रामहरी शर्मा सराह, क्लबका सल्लाहकार कर्णेल धनबहादुर मास्की, समाजसेवी मणिरत्न सापकोटा, लोकनाथ सापकोटा लगायत दुर्गाप्रसाद भट्ट हरिरत्न मिश्र, रामप्रसाद सापकोटा, अतिथि रहेका थिए। क्लबका पूर्व अध्यक्ष तथा सल्लाहकार सूर्य मणि रेग्मीले उपस्थित सम्पूर्णलाई शुभकामना मन्तव्य राखेको कार्यक्रम लायन्स क्लब अफ चितवन वाङमयका अध्यक्ष सुजन अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रम लाई क्लबका द्वितीय उपाध्यक्ष राजेन्द्र पौडेलले सञ्चालन गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको