परिवर्तनले गर्‍यो आफ्नो १८ औँ सभा सम्पन्न

गैंडाकोट, कार्तिक १० । परिवर्तन बचत तथा ऋण सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शनिवार गैंडाकोटमा सभा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष २०८०/८१ प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८१/८२ को प्रस्तावित नीति तथा कार्यक्रम आर्थिक वर्ष २०८०/८१ को आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८१/८२ को प्रस्तावित बजेट सोही वर्षको लेखा परीक्षण प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, खाली रहेको पदमा निर्वाचन, विभिन्न समयमा भएका निर्णयहरू माथि अनुमोदन गर्दै उक्त सभा सम्पन्न गरेको हो।

संस्थाको सभालाई उद्घाटन गर्दै प्रमुख अतिथि गैंडाकोट नगरका नगरप्रमुख मदनभक्त अधिकारीले सहकारीहरुले सञ्चालकको क्षमता अभिवृद्धि तालिम, अध्ययन अवलोकन भ्रमणलगायतका कार्यक्रम सञ्चालन गर्दै नगरमै अब्बल सहकारी बनाउन आवश्यक रहेको र शेयर सदस्यहरुको आवश्यकता सम्वोधन गर्ने गरि सहकारी सञ्चालन गर्नुपर्ने बताए । संस्थाका अध्यक्ष शक्तिप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको सभाले रिक्त रहेको उपाध्यक्ष पदमा डम्बरप्रसाद गौतमलाई सम्मत रूपमा चयन गरेको छ ।

कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष रत्नप्रसाद सापकोटा, सहकारी विज्ञ वेदप्रसाद गौडेल, वडा सदस्य तुलसीराम गौतम लगायत शिव सुवेदी, जीवन सापकोटा, शर्मा पौडेल लगायत अतिथि रहेका थिए ।

कुल ४,४१४ शेयर सदस्य सङ्ख्या रहेको संस्थाको कुल शेयर पूँजी दुई करोड ८ लाख १५,६०० रहेको सहकारी संस्थामा बचतकर्ताहरूको ७ करोड ८१ लाख २९,३९० बचत रहेको सहकारीले ९ करोड १६ लाख ९९ हजार ४०६ रुपैयाँ ऋणमा लगानी लगायतको जानकारी दिइएको थियो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको