नारायणघाट-बुटवल सडक खण्ड शीघ्र निर्माणका लागि मुख्यमन्त्रीले पहल गर्ने

गैंडाकोट, कार्तिक २७ । नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर १ क्षेत्रीय कार्य समितिको आयोजनामा मङ्गलबार गैंडाकोटमा गण्डकी प्रदेशका प्रमुख सुरेन्द्रराज पाण्डेसँग अन्तरक्रिया एवं छलफल कार्यक्रम सम्पन्न भएको छ।

नारायणघाट बुटवल सडक खण्ड शीघ्र निर्माणका लागि आगामी २८ गते आफ्नो प्रदेशभित्र रहेका नगरपालिका र पालिकाका मेयर सहित आफू प्रधानमन्त्री समक्ष डेलिगेसन जान लागेको जानकारी दिँदै नवलपुरको समग्र पर्यटन, शिक्षा, स्वास्थ्य आवश्यक पूर्वाधारका लागि पर्ने बताउँदै पछिल्लो समय पर्यटनलाई लोभ्याइरहेको गैंडा स्थान्तरणका बारेमा निकुञ्जले नै निर्णय गर्ने र उक्त निर्णयलाई प्रदेश प्रदेश सरकारले स्वीकार्नु बाहेक अन्य कुनै विकल्प नरहेको जानकारी दिए।


गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेलाई नवलपुरका उद्योगपति, व्यापारी, शैक्षिक संघसंस्था, राजनीतिक प्रतिनिधि, जनप्रतिनिधि तथा स्थानीयले जिल्लामा भएका समसामयिक प्रसङ्गमाथि प्रश्न राखेका थिए। कार्यक्रममा नगरका मेयर मदनभक्त अधिकारी, नेपाली कांग्रेसका प्रदेश १ क नवलपुरका सभापति गोपाल सापकोटा, गैडाकोट नगर कांग्रेस सभापति बद्री सापकोटा लगायत कांग्रेस नगर तथा क्षेत्रीय पदाधिकारीहरूको सहभागिता रहेको उक्त कार्यक्रम नेपाली कांग्रेसका क्षेत्रीय सभापति अमृत भट्टचनको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रम सञ्चालन कांग्रेसका क्षेत्रीय सचिव अमृत श्रेष्ठले सञ्चालन गरेका थिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको