मङ्सिर ९ । गैडाकोट ५ मा रहेको भवानी टोल विकास संस्था गैंडाकोटको आठौ साधारण सभा तथा चौथो अधिवेशन पुन: गोविन्द प्रसाद घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गर्दै शनिबार सम्पन्न भएको छ।
नगर प्रमुख मदनभक्त अधिकारी प्रमुख अतिथि रहेको कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीले विकासका लागिसवै टोल/वडाका नागरिकहरु सहकार्य गर्दै समाजिक हितमा लाग्नुपर्ने बताए । पुन: घिमिरेको अध्यक्षतामा गठित समितिमा उपाध्यक्ष रञ्जिता आचार्य, सचिव शोभा पौडेल, कोषाध्यक्ष पुष्कल भट्टराई, सदस्यहरूमा राम प्रसाद पौडेल, सरस्वती न्यौपाने,राधा आचार्य पौडेल, नन्दलाल सापकोटा,भिम वहादुर थापा,विद्या अधिकारी र दिपक अधिकारी लाई निर्विरोध रूपमा चयन गर्दै सो अधिवेशन सम्पन्न भएको थियो।
कार्यक्रममा वडा जनप्रतिनिधिहरू द्रोण वन सन्यासी, तुल्सीराम गौतम, उषा परियार लगायत टोलविकास संस्था सञ्जालका कार्यवाहक अध्यक्ष ईश्वरी प्रसाद घिमिरे, प्रा.डा मुक्तिनाथ भट्टराई, पशुपति रिजाल लगायत अतिथि रहेका थिए । आफ्नो टोलभित्र रहेका ७५ वर्ष उमेर पुगेका ३५ जना ज्येष्ठ नागरिकलाई सम्मान, टोलमा रहेका डाक्टर लाई सम्मान, २०८० को वार्षिक परीक्षामा प्रथम र ४ जि पि ए ल्याउने विद्यार्थीहरूलाई सम्मान, खेलकुद विजेता महिला समूहलाई सम्मान, टोलमा उत्कृष्ट कार्यगर्ने व्यक्तिहरूलाई सम्मान गर्दै सभा समक्ष टोलबासीले विभिन्न कविता, गित, सांस्कृतिक नृत्य प्रस्तुत भएको थियो ।
कार्यक्रमलाई संस्थाकी सचिव रञ्जिता आचार्यले सभा सहजिकरण तथा सचिव प्रतिवेदन, कोषाध्यक्ष राम प्रसाद पौडेलले संस्थागत आर्थिककोष प्रतिवेदन पेश भएको उक्त सभामा गरेको सह-सचिव शिववावुराम लामिछानेले स्वागत मन्तव्य राखेका थिए।