अखिल नेपाल महिला संघ गैंडाकोटमा चेतना

गैंडाकोट, मङ्सिर ११ । अखिल नेपाल महिला संघ गैंडाकोट नगरकमिटी द्वारा मङ्गलबार गैंडाकोटमा तेस्रो नगर सम्मेलन तथा नेतृत्व चयन कार्यक्रम २०८१ सम्पन्न भएको छ।

 

अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष टुकाभद्र हमालको प्रमुख आतिथ्यतामा सम्पन्न तेस्रो नगर सम्मेलन २०८१ लाई सम्बोधन गर्दै प्रमुख अतिथि हमालले महिलाहरु परिवर्तनका सम्वाहक भएकाले नेपालका हरेक परिवर्तनकारी आन्दोलनमा महिलाहरुको भूमिका महत्वपूर्ण भएपनि राजनीतिक दलहरुले प्रमुख पदमा महिलालाई अझै स्वीकार गर्न आनाकानी गरेकाले संविधानले महिलालाई दिएको अधिकारलाई अक्षरस पालन गर्न महिलाहरू एकजुट हुनुपर्ने बताइन्।

 

नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ गैंडाकोट नगर कमिटीले पुनः चेतना अर्याल आचार्यको अध्यक्षतामा समिति गठन गरेको छ । समिति उपाध्यक्ष सीता लम्साल, सचिव तुलसी पाण्डे, कोषाध्यक्ष गीता घिमिरे, सह-सचिव लक्ष्मी कमली सहित २७ सदस्सीय समिति गठन गरेको हो।

 

 

कार्यक्रममा विशेष अतिथि नेकपा एमाले केन्द्रीय सदस्य कृष्ण पौडेल, नेपाल महिला संघ केन्द्रीय सदस्य सीता पंगेनी, सीता खड्का, एमाले केन्द्रीय सल्लाहकार दीपक अधिकारी, प्रदेश कमिटी सदस्य छत्रराज पौडेल, छवीकला पाण्डे, लगायत एमालेका प्रदेश तथा जिल्लाका नेताहरू कोपिला पौडेल, रेखा पौडेल,,गीता तिवारी, रेखा कण्डेल, सडानन्द लामिछाने, कृष्ण कँडेल, ज्ञानहरी पौडेल, नवराज कण्डेल, गिरी उपाध्याय, दिनेशराज न्यौपाने अतिथि रहेका थिए । कार्यक्रम अनेम संघ अध्यक्ष चेतना अर्याल आचार्यको अध्यक्षतामा भएको कार्यक्रमलाई अनेम संघकी सचिव तुलसी पाण्डेले सञ्चालन तथा उपस्थित नेता तथा महिला कार्यकर्तालाई उपाध्यक्ष सीता लम्सालले स्वागत गरेकी थिइन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको