गैंडाकोट, मंसिर १६ । गैंडाकोट जेसीजको १८ औं शाखा अधिवेशन शनिबार गैडाकोटमा सम्पन्न भएको छ । अधिवेशले हरि पौडेललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको प्रमुख निर्वाचन आयुक्त रोजन घिमिरेले जानकारी दिनुभयो ।
वर्ष २०२५ को कार्यसमितिको कार्यकारिणी उपाध्यक्षमा अजय पौडेल र रमेश कोइराला,उपाध्यक्षमा आयुष पौडेल,युवराज काफ्ले,अन्जन गौतम र सुशील सापकोटा निर्वाचित हुनुभएको छ । कार्यसमितिको सह-सचिवमा कुशल सापकोटा र सह-कोषाध्यक्षमा उत्कर्श श्रेष्ठ निर्वाचित हुनुभएको प्रमुख निर्वाचन आयुक्त घिमिरेले जानकारी दिनुभएको छ ।
नवनिर्वाचित अध्यक्षले कानुनी सल्लाहकारमा क्षितिज आचार्य, महासचिवमा मदन सापकोटा,कोषाध्यक्षमा अनिल पौडेल,अध्यक्ष सल्लाहकारमा सुरज पौडेल र ईश्वर पौडेल तथा प्रकरण निर्देशकमा रामकृष्ण कोइराला,तालिम आयुक्त रोशन सापकोटालाई चयन गर्नुभएको छ ।
अधिवेशन पुर्व सम्पन्न १९ औं साधारणसभामा महासचिव,कोषाध्यक्ष,कार्यकारिणी उपाध्यक्ष तथा उपाध्यक्षले पेश गरेको आ-आफ्नो प्रतिवेदन सर्वसम्मत पारित भएको थियो । साधारणसभामा प्रमुख अतिथि गैंडाकोट जेसीजका संस्थापक अध्यक्ष बद्री सापकोटा,पुर्व अध्यक्ष कृष्णहरि सापकोटा,परमेश आचार्य,गोबिन्द कंडेल,गोकुल सापकोटा,भानुभक्त रिमाल,सुशील काफ्ले,दया सापकोटा,शंकर अधिकारी लगायतका अतिथिले मन्तव्य राख्नुभएको थियो ।
गैंडाकोट जेसीज वर्ष २०२४ का अध्यक्ष राजेश पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण महासचिव ईश्वर पौडेलले गर्नुभएको थियो ।