गैँडाकोटमा मोटरसाइकल दुर्घटना एकजनाको मृत्यु

गैँडाकोट, मङ्सिर २० । गैंडाकोट भएको मोटरसाइकल दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा रुपन्देहीको शिदार्थनगर नगरपालिका वडा नं. ८ घर भएका बर्ष ३५ का पंकज ज्ञवाली रहेका इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । ज्ञवाली नेपाल कृषि अनुसन्धान परिषद (नार्क) खुमलटारमा प्राविधिक अधिकृत पदमा कार्यरत थिए ।

 

दुर्घटनामा परि मोटरसाइकल चालक लमजुङ घर भएका वर्ष ३९ का सुकबहादुर गुरुङ गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । गुरुङ राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम चितवन रामपुरमा कार्यरत छन् । गुरुङको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ ।कालीगण्डकी करिडोरबाट गैँडाकोटको मूख्य राजमार्ग तर्फ आउदै गरेको बागमती प्रदेश ०६ ००१ प ६२७३ नम्बरको बुलेट मोटरसाइकल राति ११ बजे गैँडाकोेट ४ स्थित सडकमा दुर्घटनामा परेको हो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको