इभि भ्यानले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

चितवन, २२ मङ्सिर । राप्ती नगरपालिका–१, पिप्लेमा इभि भ्यानले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । शुक्रबार राति ११ बजेर १५ मिनेटको समयमा पूर्वपश्चिम महेन्द्र राजमार्गमा हेटौँडाबाट नारायणघाटतर्फ आउँदै गरेको म प्र ०३–००१ ख ०५५५ नम्बरको इभी भ्यानले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

 

भ्यानले ठक्कर दिँदा राप्ती नगरपालिका–२ गड्यौलीका २८ वर्षीय सन्दिप रुवाली गम्भिर घाइते भएका थिए । घाइते सन्दिपलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएकोमा गए राति १ बजेको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । भ्यान चालक खोटाङको बाराहपोखरी गाउँपालिका–१ का २४ वर्षीय दीपक मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको