नेराश आदर्शका पूर्व विद्यार्थीहरूले आफ्नो विद्यालयमा ६ लाख बराबरको गणित प्रयोगशाला सामग्री खरिद गरिदिने

गैंडाकोट,मङ्सिर ३०। नवलपरासी बर्दघाट सुस्ता पूर्वकै उत्कृष्ट सामुदायिक विद्यालय तथा जिल्लाकै एकमात्र फरक क्षमता भएका विद्यार्थीहरु लाई समेत अध्यापन गराउने विद्यालयका रुपमा परिचित गैंडाकोट १ जौजुवामा रहेको श्री नेपाल राष्ट्रिय शमशेर आदर्श माध्यमिक विद्यालयको स्वर्ण महोत्सवका अवसर पार्दै विद्यालयमा अध्ययनरत पूर्व विद्यार्थीहरूले आफ्नो विद्यालयमा ६ लाख बराबरको गणित प्रयोगशाला सामग्री खरिद गरिदिने भएका छन्।

विद्यालयमा अध्ययनरत विद्यार्थीलाई गणित प्रयोगशाला सम्बन्धी प्रयोगात्मक सिकाईका लागि प्रयोगशाला स्थापना गर्न लागिएको सोही विद्यालयमा अध्ययनरत भूपू विद्यार्थी एसोसिएसनका अध्यक्ष गणेश अधिकारीले जानकारी दिँदै विद्यालयमा अध्ययनरत विद्यार्थीले विज्ञानसम्बन्धी जानकारी र आवश्यक ज्ञान वृद्धि गर्न गणित प्रयोगशाला सहयोगी बन्ने अपेक्षा लिएको बताएका छन् ।

विद्यालयबाट अध्ययन गरेका पूर्व विद्यार्थीहरू, विभिन्न क्षेत्र पेशा र वैदेशिक रोजगारीमा रहेकाहरूबाट सहयोग संकलन गर्ने कार्य सुरुवात भइसकेको र विद्यालयको स्वर्ण महोत्सव समापनका दिनमा विद्यालयलाई उक्त प्रयोगशाला सामग्री हस्तान्तरण गर्ने योजना रहेको पूर्व विद्यार्थी प्रेम सापकोटाले रेडियो संकेतलाई रेडियो संकेतलाई जानकारी दिएका छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको