गैडाकोटमा वि-डिभिजन स्नकोर प्रतियोगिता हुने

गैंडाकोट,पुस ११ । नवलपुर जिल्लामै पहिलोपटक गैडाकोटमा वि-डिभिजन स्नकोर प्रतियोगिता हुने भएको छ ।

 

गैंडाकोट स्नकोर हाउसको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो । पहिलो चरणमा ५० खेल हुने अनुमान गरिएको उक्त प्रतियोगिता गैंडाकोट ४ मा रहेको किसान मार्ट परिसरमा पुस १३ गते देखि सञ्चालन हुने जानकारी आयोजक गैंडाकोट स्नकोर हाउसका सञ्चालक गौरव प्रताप गुरुङले बताए ।

 

प्रतियोगितामा प्रथम, द्वितीय र हाई स्नकोर ब्रेकरले क्रमश २५,०००/१५,००० /३,००० सहित प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् । रु १,००० दर्ता शुल्क तोकिएको प्रतियोगिताका लागि प्रतियोगीले खेल दर्ता भने १२ गतेसम्म गर्नुपर्ने छ। प्रतियोगिता पुष १५ गते सोमबार समापन हुनेछ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको