ल्होसारको अवसरमा तमु आदर्श गुरुङ समाजले गर्यो रक्तदान कार्यक्रम

गैंडाकोट, पुस१३ । गैंडाकोटमा रहेको तमु आदर्श गुरुङ समाजले आफ्नो जातिको महान पर्व २६०८ औँ सप्ह्री ल्होसारको पवन अवसरमा शनिबार खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ।

समाजले गरेको उक्त कार्यक्रमको उद्घाटन गैंडाकोट नगरका मेयर मदनभक्त अधिकारीले ७४ पटक रक्तदान गरिसकेका रक्तदाता गोविन्द सुवेदीलाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको सुरुवात गराएका थिए। उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचन विशेष अतिथि रहेको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी आदर्श उपशाखा गैंडाकोटका अध्यक्ष उमाकान्त सापकोटा लगायत विष्णुप्रसाद शर्मा, नवराज कंडेल, सरस्वती भुसाल, भुमा थापा पुन अतिथि रहेका थिए।

नवलपुर रक्तसञ्चार सेवा केन्द्र कावसोतीले प्राविधिक सहयोग गरेको उक्त कार्यक्रममा ११ महिला सहित कुल ३० युनिट रगत सङ्कलन भएको थियो । तमु आदर्श गुरुङ समाजका अध्यक्ष किसान गुरुङको संयोजनमा भएको कार्यक्रमलाई समाजका अध्यक्ष वीरबहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए। समाजका कोषाध्यक्ष यम बहादुर गुरुङले कार्यक्रमको सञ्चालन गरेका थिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको