भरतपुर, १४ पुस । संसारभर रहेका नेपालीहरुको परोपकारी संस्था ‘हेल्प नेपाल नेटवर्क’को अन्तर्राष्ट्रिय अध्यक्षमा डिला खरेल सर्वसम्मत चयन हुनुभएको छ ।
काठमाडौंमा शनिवार सम्पन्न वार्षिक साधारणसभाले खरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
चितवन घर भएका खरेल विगत लामो समयदेखि अष्ट्रेलियालाई कर्मथलो बनाएर काम गर्दै आउनुभएको छ । एनआरएनएलगायतका संघसंस्थामा लामोसमय काम गरेको अनुभव उहाँसँग छ । २५ वर्ष अघि स्थापना भएको संस्थाको हाल ३० देशमा शाखा छ । हेल्प नेपाल नेटवर्कको संस्थापक अध्यक्षमा रवीन्द्र मिश्र हुनुहुन्थ्यो ।