आठौ नवलपुर महोत्सव ः रत्यौली प्रतियोगीताको समुह दार्ताका लागि आह्वान

कावासोती, माघ १४ । नवलपुर उद्योग बाणिज्य संघद्धारा आयोजीत सातौ नवलपुर महोत्सवबाट समावेश गरीएको रत्यौली प्रतियोगितालाई आठौ नवलपुर महोत्सव–२०८१ मा समेत निरन्तरता दिने भएको छ । नवलपुर जिल्ला भित्र रहेका विभिन्न जातजातिहरुको कला , भाषा , संस्कृति संरक्षण, संवद्र्धन गर्ने उदेश्यका साथ रत्यौली प्रतियोगितालाई निरन्तरता दिईएको रत्यौली प्रतियोगिता उप समिति संयोजक कुमारी कृष्ण पाण्डेले जानकारी दिनुभयो ।
आधुनिकताको नाममा लोप हुदै जान लागेको रत्यौली गितलाई संरक्षण र प्रवद्र्धन गर्न प्रतियोगिता आयोजना गरीएको संयोजक पाण्डेले बताउनु भयो ।
सातौ नवलपुर महोत्सवमा महिला दिदी बहिनीहरुको उत्साहजनक सहभागीता रहेकोले आठौ संस्करणमा समेत यस प्रतियोगिता समावेश गरीएको पाण्डेले जानकारी दिनुभयो ।
प्रतियोगितामा सहभागीता जनाउन चाहनुहुने विभिन्न आमा समुह, संघ संस्थाहरुलाई माघ २२ गते भित्र नवलपुर उद्योग बाणिज्य संघको कार्यालयमा निःशुल्क समुह दर्ता गर्न आह्वान गरीएको छ । समुह दर्ता गर्दा समुहले प्रस्तुत गरीने गित सहित दर्ता गर्नुपर्ने जनाईएको छ ।
आठौ नवलपुर महोत्सव यही माघ १५ गते देखी २८ गते सम्म कावासोती–१६, अंकुर सामुदायिक वन कार्यालय परिसरको खेल मैदानमा आयोजना गरीएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको