
गैँडाकोट, माघ २१ । प्रदेश स्थापना दिवसको अवसरम भोलि गण्डकी प्रदेशभर सार्वजनिक विदा दिइएको छ । भोलि प्रदेश भित्रका सबै सरकारी कार्यालय तथा शैक्षिकसंस्थाहरुमा विदा दिइएको हो ।
गण्डकी प्रदेश सरकारको आज बसेको मन्त्रीपरिषद बैठकले भोलि प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका उपसचिव सुरण प्रसाद शर्मा पौडेलले जानकारी दिए ।