राष्ट्रसेवक देवेन्द्र शर्माले ल्याए “आफ्ना अनुभूति : आफन्तका सहानुभूति”आत्मजीवनी

गैंडाकोट, २४ माघ । लेखक, साहित्यकार तथा राष्ट्रसेवक देवेन्द्र शर्मा लामिछाने द्धारा लिखित “आफ्ना अनुभूति : आफन्तका सहानुभूति” कृति बिहीवार एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक भएको छ ।

विमोचन कार्यक्रममा प्रमुख अतिथी संविधानसभा सदस्य तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य शारदा पौडेल रहेकी थिइन् । पौडेलले संग्रहको विमोचन गर्दै लेखक लामिछाने आम मानिस नभई शैक्षिक क्षेत्रमा लगाब, राष्ट्रसेवामा उत्कृष्ट कार्य कौशलता सरल र मिलनसारिताको उदाहरणीय व्यक्ति भएको बताउँदै उनको जीवन लाई सबैले बुझ्न सके जीवन सार्थक बन्ने धारणा व्यक्त गरिन्।
कार्यक्रममा गैंडाकोट नगरपालिकाकी उपमेयर शान्ति कोइराला, वडा नम्बर १ का वडाध्यक्ष सुरेन्द्र प्रसाद रेग्मी, डाक्टर नारायण प्रसाद खनाल, वेदप्रसाद गौडेल, शैलेन्द्र पिया, इन्द्रराज पौडेल, रामहरी शर्मा सराह, झलक काजी पौडेल, गोविन्द कोइराला,डाक्टर मतिप्रसाद ढकाल, मुना धनञ्जय, भरतबाबु कण्डेल, सदानन्द लामिछाने, चतुर्भुजी कण्डेल भट्टराई, राधा कोइराला, भोजराज भट्टराई लगायत लेखक शर्माका परिवारजन, समाजसेवी तथा साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो।
आत्म जीवनी का लेखकले आफ्नो कृतिमा अनुभूति खण्ड मार्फत आफ्ना २८९ वटा जीवन अनुभूतिहरू संग्रहित गरेका छन्। देवेन्द्र प्रसाद शर्मा लामिछाने नेपाल सरकारको कृषि प्राविधिकका रूपमा ३८ वर्ष सेवा गरेका छन् भने उनले १६ जिल्लामा आफ्नो जागिरे जीवन व्यतित गरेका थिए । आफ्ना अनुभूति: आफन्तका सहानुभूति आत्मजीवनी संग्रहलाई त्रिवेणी साहित्य प्रतिष्ठान गैंडाकोट नवलपुरले प्रकाशनमा ल्याएको हो। प्रकाशित कृतिमाथि समीक्षागत टिप्पणी भने सोही कार्यक्रममा साहित्यकार सृजन लम्सालले गरेका थिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको