एमाले नगरले गठन गर्‍यो नवराज कण्डेलको संयोजकत्वमा ७१ सदस्सिय सल्लाहकार समिति

गैंडाकोट, माघ २९ ।  नेकपा एमाले गैंडाकोट नगर कमिटीले मङ्गलबार विस्तारित बैठकमार्फत नवराज कण्डेलको संयोजकत्वमा ७१ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ।

बैठकमा नवराज कण्डेलको अध्यक्षतामा पूर्णप्रसाद पौडेल उपाध्यक्ष, वेदप्रसाद चालिसे सचिव लगायत ७१ सदस्य सल्लाहकार समिति गठन भएको हो। केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज तिलक महत प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा क्षेत्र नम्बर १ का इन्चार्ज रविन्द्र अधिकारी, केन्द्रीय सदस्य तथा क्षेत्र नम्बर २ का इन्चार्ज कृष्ण पौडेल, प्रदेश कमिटी सदस्य छत्रराज पौडेल, गोपेन्द्र केशरी न्यौपाने, एमाले जिल्ला उपाध्यक्ष यमनाथ आचार्य, जिल्ला उपसचिव षडानन्द लामिछाने लगायत पार्टीका प्रदेश जिल्ला तथा नगरका कार्यकर्ताहरू र भातृ संगठन प्रमुख सदस्यहरूको उपस्थिति रहेको थियो। सोही अवसरमा नगर सचिवालय सदस्य समेत थप गर्दै नगर समितिलाई समेत पूर्णता दिइएको छ । गैंडाकोट नगर कमिटीले गरेको नगर विस्तारित बैठकको नगर सचिव राजु भुसालले सञ्चालन गरेका थिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको