
गैंडाकोट, माघ २९ । नेपाली काङ्ग्रेसको भातृ संस्था नेपाल थारू संघले मङ्गलबार केवल प्रसाद महतोको संयोजकत्वमा ११ सदस्य गैंडाकोट नगर कार्यसमिति गैंडाकोट गठन गरेको छ ।
गैंडाकोट नगरकार्य समिति सभापति बद्री सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा नेपाल थारु सङ्घ नगर सभापति केवलप्रसाद महतो, उपसभापति चन्द्रकला महत, सचिव नेत्रप्रसाद महतो, कोषाध्यक्ष छमकुमारी महताे ,सहसचिव पार्वती चौधरी र सदस्यहरूमा जितबहादुर थनेत, पार्वती थनेत, रिना चौधरी, डम्बरबहादुर चौधरी, मोतीकुमारी मुखिया, भगत महतो सदस्य रहेका छन्।
कार्यक्रममा महासङ्घ सदस्य गजेन्द्र आले प्रमुख अतिथि रहेका थिए। त्यस्तै गैंडाकोट नगरकी उपप्रमुख शान्ति कोइराला, थारु सङ्घका केन्द्रीय सदस्य वीरेन्द्र चौधरी, थारु सङ्घका केन्द्रीय सदस्य वीरेन्द्र चौधरी, थारु सङ्घ नवलपुरका उपसभापति मानबहादुर थारु, जिल्ला सदस्य चैन वहादुर चौधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उक्त भेलामा क्षेत्रीय सदस्य विष्णु वहादुर गौतम, नगर सचिव परितोष कोइराला, सहसचिव वुद्धि प्रसाद न्युरे, नगर कार्य सम्पादन समिति सदस्य लुकुश धिताल, मुकुन्दपुर खानेपानीका अध्यक्ष थिर वहादुर थनेत, भेडावारी सामुदायिक वनका अध्यक्ष भोज वहादुर महतो ,तरूणदल पुर्व क्षेत्रीय सभापति होमनाथ सापकोटा लगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो। भेला कार्यक्रमलाई वडा नम्बर १२ का सभापति क्याप्टेन वीरबहादुर शाहीले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रमको सहजीकरण नगर सचिव गोविन्द घिमिरेले गरेका थिए।