इच्छाकामना जेसीजले गर्यो विद्यार्थीहरूलाई विविध सेवा सहित शैक्षिक सामग्री वितरण

गैँडाकोट, फागुन २४ । ११५ औँ अन्तराष्ट्रिय महिला दिवशको अवसरमा चितवनको इच्छाकामनामा विद्यार्थीहरुलाई साईबर क्राइम सम्बन्धी जानकारी दिनुका साथै छात्राहरुलाई सेनेटरी प्याड र विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

 

इच्छाकामना जेसीज (प्र) को आयोजना तथा लायन्सक्लव अफ गैँडाकोट सप्तरंगी र इलाका प्रहरी कार्यालय मुग्लिनको संयुक्त आयोजनामा गाँउपालिकाको श्री माध्यामिक विद्यालय ढुंग्रेका विद्यार्थीहरुलाई सेनेटरी प्याड र शैक्षिक सामाग्री वितरण गरिएको हो ।

 

सो विद्यालयका कक्षा १ देखि ५ सम्मका ५४ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री, कक्षा ६ देखि १० सम्मका छात्राहरुलाई सेनेटरी प्याड र विद्यालयका शिक्षकहरुलाई डायरी र कलम वितरण गरिएको इच्छाकामना जेसीज (प्र) का अध्यक्ष गोमा लुइटेलले जानकारी दिनुभयो ।

सो अवसरमा इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले साइबर क्राइमको बारेमा विद्यार्थी तथा शिक्षकहरुलाई जानकारी गराउनु भएको थियो ।

 

इच्छाकामना जेसीज (प्र) का अध्यक्ष गोमा लुइटेलको अध्यक्षता तथा इच्छाकामना गाउपालिकाका पूर्व अध्यक्ष गिता गुरुङको प्रमुख अथिथ्यतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारी, इच्छाकामना गाउँपालिका वडा नं. ६ का अध्यक्ष लक्ष्मण चेपाङ, विद्यालयका सहायक प्रार्चाय तिलबहादुर गुरुङ, जेसी सोनिका श्रेष्ठ, जनता केयर अस्पतालका डाक्टर सुबोध पौडेल लगायत अतिथिहरु रहनुभएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको