वे ग्रुप नवलपुरले गर्यो सुम्निमा पार्क सरसफाई

गैंडाकोट, फागुन २४ । गैंडाकोट वडा नम्बर १ मा रहेको ब्रिटिस क्याम्प सुम्निमा पार्कमा विभिन्न सामाजिक संघसंस्था तथा वे ग्रुप नवलपुर नेपालको सहकार्यमा शनिबार सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

 

इलाका प्रहरी कार्यालय गैडाकोट, सामुदायिक प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी, जनप्रतिनिधि, र वे ग्रुपका सदस्य एवं सर्वसाधारणहरूद्वारा उक्त सरसफाई कार्यक्रम गरिएको हो। कार्यक्रममा ग्रुपका केन्द्रीय अध्यक्ष दीपक गौतम, केन्द्रीय उपाध्यक्ष हरिप्रसाद न्यौपाने, गैंडाकोट वडा नं १ का वडाध्यक्ष सुरेन्द्रप्रसाद रेग्मी विशेष अतिथिका रुपमा रहेका थिए। कार्यक्रममा सीता सापकोटा, प्रेम कुमारी बिक, गुरुप्रसाद सापकोटा, सुजाता सुवेदी शर्मा, प्रकाश अधिकारी, कमल शर्मा गौतम, रोशा सुवेदी, हरिराम रेग्मी, नवीन कण्डेल, मनिता मल्ल लगायत विभिन्न सामाजिक संस्थाहरूका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। वे ग्रुप गैंडाकोटले प्रत्येक हप्ता शनिबार बिहान ७ बजेदेखि ८ बजेसम्म हप्ताको एकदिन एकछिन कार्यक्रममार्फत सार्वजनिक स्थलहरुको सरसफाइ गर्दै आएको छ । कार्यक्रम वे ग्रुपका अध्यक्ष अमृत पौडेलको संयोजकत्वमा भएको थियो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको