रास्वपा गैँडाकोट नगर समिति अध्यक्ष र सचिवमा आए घिमिरे द्वय

गैँडाकोट, चैत ०३। रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गैँडाकोट नगर समितिको सभापतिमा विमल घिमिरे र सचिवमा अस्मिता घिमिरे विजयी भएका छन्। शनिबार भएको पहिलो नगर अधिवेशन मार्फत घिमिरे द्वय अध्यक्ष र सचिवमा चुनिएका हुन् ।

सभापति पदमा विजयी भएका घिमिरेले अध्यक्षका प्रतिष्पर्धी ज्ञानहरी कंडेललाई ८ मतले पछि पारे । घिमिरेले १०५ मत ल्याउदा कंडेलले ९७ मत ल्याए । सचिव पदमा अस्मिता घिमिरे विजयी भईन् । घिमिरेले आफ्ना प्रतिष्पर्धी ईन्द्रकान्त रेग्मीलाई ४५ मतले पछि पारिन । घिमिरेले १२३  मत ल्याउदा रेग्मीले ७८ मत ल्याए ।

उपसभापति पदमा नारायण अधिकारी र सहसचिव पदमा कमल सापकोटा यसअघि नै निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक मिना शर्मा गौडेलले जानकारी दिइन ।

नयाँ नेतृत्व चयनका लागि सभापति र सचिव पदमा २६९ जना सदस्यहरुले मतदान गर्ने ब्यवस्था भएपनि २०७ जना प्रतिनिधीहरु मात्रै मतदानमा सहभागि भएका थिए । रास्वपा गैँडाकोटको प्रथम नगर अधिवेशनको शनिबार विहान पार्टीका केन्द्रीय तथा संघीय सांसद हरि ढकालले उद्घाटन गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको