महेन्द्र स्मारक विद्यालय गैडाकोटमा चुनिए सापकोटा र श्रेष्ठ

गैँडाकोट, चैत ०५ । गैँडाकोट २ स्थित महेन्द्र स्मारक आधारभुत विद्यालयको अध्यक्षमा पुनः हरेराम सापकोटा र को अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।

गैंडाकोट नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष प्रकाश सापकोटाको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा गैंडाकोट नगर शिक्षा अधिकारी रामप्रसाद अधिकारी, विद्यालय व्यवस्थापन समिति सल्लाहकार संयोजक वेदप्रसाद गौडेल लगायत कृष्ण घिमिरे, जित बहादुर श्रेष्ठ, खगराज आचार्य, उतम प्रधान, धुर्बराम पौडेल,राज कुमार पिया, धन बहादुर पौडेल, राम कुमार श्रेष्ठ, कृष्ण कुमारी भट्टराई, नारायण सुवेदी लगायत अतिथि रहेको विद्यालय व्यवस्थापन छनौट समितिले सापकोटा को अध्यक्षतामा सदस्यहरू शुभेच्छा दली प्रधान, गोबिन्द सुवेदी, भुमिश्वर भुसाल, प्रकाश सापकोटा, अनिता सुनार, सरस्वती बोटे, महेन्द्र रानाभाट र सदस्य सचीवमा सोही विद्यालयका प्रधानाध्यापक शिवराज काफ्ले समेत रहने गरी समिति तयार पारेको हो। सोही अवसरमा विद्यालयले शिक्षक अभिभावक संघ समेत गठन गरेको छ। संघ अध्यक्षमा अमृत श्रेष्ठ सहित सदस्य यदुनाथ सापकोटा, प्रकाश गुरुङ, प्रदिप तामाङ, मीन घले, माया तामाङ, सरिता कंडेल, कबिता मुक्तान, मनु कोइराला, संगीता बोटे र सदस्य सचिबमा महेश गिरी छनौट गरेको छ ।

 

वडा नम्बर २ का वडाध्यक्ष प्रकाश सापकोटाले कार्यक्रमलाई सम्बोधन गर्दै सबैजना मिलेर महेन्द्र स्मारक आधारभुत विद्यालयलाई गैंडाकोट नगरपालिकाकै नमुना विद्यालय बनाउन आफू लागिपर्ने प्रतिवद्धता जाहेर गरे। विद्यालयका प्रधानाध्यापक शिवराज काफ्लेले सहजीकरण गरेको समिति गठन कार्यक्रममा विभिन्न विद्यालयका प्रतिनिधि, शिक्षक, अभिभावक लगायत नगरभित्र रहेका संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको