समाजको प्रथम अधिवेशन सम्पन्न, गैंडाकोटका लमजुङ्गेको नेतृत्व दवाडीलाई

गैंडाकोट, चैत्र १० । लमजुङ गैंडाकोट सम्पर्क समाजले आफ्नो प्रथम साधारण सभा एवं अधिवेशन लक्ष्मी दवाडीलाई जिम्मेवारी सुम्पिँदै शनिबार गैंडाकोटमा सम्पन्न गरेको छ।

गैडाकोट नगरपालिकाकी उपमेयर शान्ति कोइराला प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा कोइरालाले आफ्नो मन्तव्य राख्दै गैंडाकोटलाई कर्म थलो बनाएका लमजुङ्गेहरू संस्थागत हुनु राम्रो पक्ष रहेको बताउँदै संस्था गठन भएसँगै संस्थागत रुपमा सामाजिक काममा सक्रिय हुनु धरै प्रशंसनीय कार्य भएको बताइन् ।

लमजुङ जिल्लामा जन्म भई विभिन्न पेशा, व्यवसाय, अध्ययनको सिलसिलामा गैडाकोट नगरपालिकामा बसोबास गर्दै आएका लमजुङ्गेहरुको संस्था लमजुङ गैंडाकोट सम्पर्क समाजको प्रथम अधिवेशनबाट लक्ष्मी दवाडी अध्यक्षमा चयन भएका छन्। जसको उपाध्यक्ष दीपक रावत, महिला उपाध्यक्ष जुना गौतम, सचिव रामकृष्ण कोइराला, कोषाध्यक्ष संगीता घिमिरे पण्डित, सहसचिव कविता अधिकारी, सहकोषाध्यक्ष सुजन अधिकारी र सदस्यहरूमा असीफ गुरुङ, पदम प्रसाद घिमिरे, रमेश ढकाल, खिनादेवी शर्मा, राजेन्द्र घिमिरे, मनवल्लभ दाहाल, निर्मल न्यौपाने, माया शर्मा, अम्बिका घिमिरे, वीरबहादुर गुरुङ, बालप्रकाश अधिकारी, सावित्री ढकाल, सरस्वती बराल वाग्ले, शंकर अधिकारी, जनकराज ढुङ्गाना र कमल तिवारी रहेका छन्। समिति चयनका लागि गोविन्दराज कोइरालाको संयोजकत्वमा शरदचन्द्र न्यौपाने र प्रेम भुजेलको निर्वाचन समिति बनेको थियो।  कार्यक्रममा शिवकान्त तिवारी, टोलनाथ घिमिरे, शरदचन्द्र न्यौपाने, माधवप्रसाद कोइराला, गोविन्द कोइराला लगायत लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद सोतीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपस्थित सम्पूर्णलाई संस्थाका सहसचिव पुस्कल भट्टराईले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम संस्थाका सचिव रामकृष्ण कोइरालाले सहजीकरण गरेका थिए। 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको