नवलपुर विद्युत व्यवसायीले देवचुलीमा रक्तदान कार्यक्रम गर्ने

नवलपुर, चैत्र २६ । नवलपुर विद्युत व्यवसायी संघको आयोजनामा  रक्तदान कार्यक्रम हुने भएको छ ।

चैत्र २९ गते देवचुली १७ फारम चोकमा रहेको गणेश मन्दिर परिसरमा बिहान ७ बजे देखि दिउँसो साढे १२ बजे सम्म रक्तदान कार्यक्रम सञ्चालन हुने संघले जनाएको छ । व्यवसाय संघले आफ्नो स्थापना दिवसका अवसर र विभिन्न सामाजिक क्रियाकलापमा आफ्नो सक्रिय भूमिका निर्वाह गर्ने क्रममा उक्त कार्यक्रम गर्न लागिएको नवलपुर विद्युत व्यवसायी संघका संस्थापक अध्यक्ष पुरुषोत्तम भुसालले जानकारी दिए । जिल्ला संघका सदस्य र स्थानीयको सहभागीता हुने रक्तदान कार्यक्रम जिल्लामा संघले दोस्रो पटक गर्न लागेको संघका सचीव दिपक सुबेदिले बताए ।

 

एक सय भन्दा बढी युनिट रगत संकलन हुने लक्ष्य लिएको उक्त कार्यक्रममा महासंघ प्रतिनिधि, जिल्ला संघ सदस्य साथै जन प्रतिनिधिहरुको उपस्थिति रहने जनाइएको छ । रक्तदान कार्यक्रमको तयारी तिव्र रुपले अगाडि बढाइएको नेपाल विद्युतीय व्यवसायी संघ जिल्ला शाखाका उपाध्यक्ष एवं कार्यक्रमका संयोजक गणेश सुवेदीले जानकारी दिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको