नारायणीमा बेपत्ता भएका गैँडाकोटका एकैघरका दिदीभाइको शव भेटियो

गैँडाकोट, चैत्र २७ । नारायणी नदीमा डुवेर बेपत्ता भएका गैँडाकोटका एकैघरका दिदिभाईको शव आज फेला परेको छ । गैँडाकोट नगरपालिका वडा नं. १ कुमालटोल बस्दै आएका १३ बर्षिया दिक्षा सेर्पुजा र ९ वर्षका स्वपनील सेर्पुजा बृटिसक्याप स्थित नारायणी नदिमा डुवेर बेपत्ता भएका थिए ।

 

 

शसस्त्र प्रहरीको चितवनको कुरिनटारबाट आएको गोताखोरको टोलीले उनिहरु डुवेकै स्थानबाट शव भेटाएको हो । भाइ स्वपनीलको शव विहान ११ वजे र दिदी दिक्षाको शव मध्यान्न साढे १२ वजे फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

हिजो साँझ हजुरआमा सँगै बृटिसक्याम्प गएका उनिहरु हजुरआमाको चप्पल साँझ पौने ६ वजे नदीमा खसेपछि सोहि चप्पल समाउन भन्दै नदीमा पसेका थिए । गहिरो नारायणीमा पसेका थिए ।

दिक्षा र स्वपनील स्थानीय नेपाल राष्ट्रिय शम्सेर आर्दश माध्यामिक विद्यालयमा कक्षा ७ र कक्षा ४ को बार्षिक परिक्षा दिएर नतिजाको पर्खाईमा थिए । दिदीभाइको निधनले परिवारमा ठुलो बज्रपात परेको

  1. छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको