नवलपुर विद्युतले गर्यो ३८ युनिट रक्त संकलन

नवलपुर, चैत्र २९ । नवलपुर विद्युत व्यवसाय संघ नवलपुरले आफ्नो पाँचौं स्थापना दिवसका अवसरमा शुक्रबार खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ।

 

कार्यक्रममा नेपाल विद्युतीय महासंघका तृतीय उपाध्यक्ष लेखनाथ सापकोटा प्रमुख अतिथिका रूपमा रहेका थिए। प्रमुख अतिथि सापकोटाले रक्तदातालाई ब्लडब्याग प्रदान गरेसँगै कार्यक्रमको सुरुवात भएको थियो। कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि सापकोटाले रगतको अभावलाई कम गर्न, मानिसहरूलाई रक्तदानको महत्त्व बुझ्न रक्तदान गर्नुपर्छ भन्ने भावना जाग्नुपर्ने र रक्त अभावले कोही बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने तर्फ हरेक संघसंस्था लाग्नुपर्ने बताए।

 

कार्यक्रममा देवचुली नगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष गणेशप्रसाद चालिसे, चितवन विद्युत व्यवसायी संघका प्रथम उपाध्यक्ष कृष्ण सुवेदी, नवलपुर जिल्लामा ११६ औ पटकसम्म रक्तदान गरेका रक्तदाता सन्तोष वाग्ले लगायत बाबुराम सुवेदी, भीमबहादुर राना, सुजन सापकोटा, नवराज बास्तोला लगायत अतिथिहरू रहेका थिए। कार्यक्रममा एक महिला सहित ३८ युनिट रगत सङ्कलन भएको जानकारी संघका प्रथम उपाध्यक्ष तथा रक्तदान कार्यक्रमका संयोजक गणेश सुवेदीले जानकारी दिए। रक्तदान कार्यक्रममा महासंघ प्रतिनिधि, जिल्ला संघ सदस्य साथै जन प्रतिनिधिहरुले समेत रक्तदान गरेका थिए। कार्यक्रम नवलपुर विद्युत व्यवसायी संघका संस्थापक अध्यक्ष पुरुषोत्तम भुसालको अध्यक्षतामा भएको थियो। व्यवसाय संघका कोषाध्यक्ष नवराज पौडेलले स्वागत मन्तव्य दिएको उक्त कार्यक्रम लाई नवलपुर विद्युत व्यवसायी संघका अध्यक्ष सुजन अधिकारीले सहजीकरण गरेका थिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको